इटहरी । सशस्त्र प्रहरी वल नेपालको १ नम्बर बाहिनी मुख्यालय पकलीले आफ्नो २३औँ स्थापना दिवस सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी मनाएको छ । कोशी प्रदेशको समग्र सुरक्षा व्यवस्थापन र राजश्व चुहावट नियन्त्रण गर्ने तथा  विपद् व्यवस्थापनको क्षेत्रमा महत्त्वपूर्ण योगदान  पुरयाउदै आएको बराह बाहिनीले आफ्नो सङ्गठनका प्रमुखको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाएको हो ।  स्थापना दिवसका अवसरमा  खुकुरी ड्रिल, विभिन्न मौलिक लोक भाका तथा समुदायका भाषा र संस्कृति सम्बद्ध गर्ने जातीय पोसाक सहितको नृत्यकला प्रदर्शन गरिएको थियो ।

  स्थापना दिवसका  अवसरमा  रक्तदान, सीमा सुरक्षा सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन, स्थानीय धार्मिक स्थलहरूको सरसफाइ, आन्तरिक रूपमा विभिन्न खेलकुद प्रतियोगिताहरू समेत आयोजना गरिएको थियो । खेलकुद लगायतका प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरियो । त्यसै गरी सशस्त्र प्रहरी बल, नेपाललाई विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण सहयोग प्रदान गर्ने व्यत्तित्वहरुलाई सम्मान गरियो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाललाई स्थापना कालदेखि हालसम्मको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रूपले योगदान गर्ने  सबैलाई स्मरण गर्दै स्थापना दिवस मनाउने परम्पराले सशस्त्र प्रहरी कर्मचारीहरूमा आफ्नो युनिट प्रति कर्तव्यनिष्ठता बढ्ने बताउँदै नम्बर १ बाहिनीले कोशी प्रदेशको समग्र सुरक्षा व्यवस्थापन र राजश्व चुहावट नियन्त्रण गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको कार्य लाई प्रशंसा गरेका छन् ।

उनले विपद् व्यवस्थापनको लागि सम्बन्धित सबै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी आवश्यक पूर्व तयारी गर्न आग्रह समेत गरेका छन् । सङ्गठनको गौरवमा आच आउने गरी काम नगर्न र गैहकानुनी क्रियाकलापमा नलाग्न निर्देशन समेत दिएका छन् । सोही कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सङ्गठन प्रमुखबाट ल्याइएका नीतिगत सुधारका योजनालाई बाहिनी तथा मातहत इकाईहरूले कार्यान्वयन गरिरहेको तथा भविष्यमा अझ प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने प्रतिवद्ता व्यक्त गरे । उनले कोशी प्रदेश सरकारको सहयोगमा २० जना गोताखोर जनशक्ति तयार पार्न सफल भएको समेत जानकारी गराए । कोशी प्रदेशका विभिन्न स्थानका सुरक्षा प्रमुख लगायतको सहभागिता रहेको थियो ।