इटहरी । होटल मेनेजमेन्ट र हस्पिलाटिली मेनेजमेन्टलाई क्रमिक रुपमा प्रवद्र्धन गर्दै लैजाने उद्धेश्यले शैक्षिक क्रियाकपाल सञ्चालन गर्दै आएको सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले पहिलो पटक मास्टर सेफ सुषमा आयोजना गरेको छ ।

   सुषमा गोदावरी कलेजमा कक्षा ११मा अध्ययनरत १सय ५ जनाबाट छनौट भएका २४ जना विद्यार्थी विच मास्टर सेफ सुषमाको फाइनल आयोजना गरिएको हो ।

    इटहरीमा पहिलो पटक होटल मेनेजमेन्टको पठनपाठन सुरु गरेको सुषमा गोदावरी कलेजले पहिलो पटक आयोजना गरेको मास्टर सेफ सुषमा गु्रप हिलटनको ए समुह प्रथम भएर नगद पाँच हजार पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

कुकिगं र हस्पिटालिटीलाई प्राथमिकतामा राखेर आयोजना गरिएको मास्टर सेफ सुषमाको फाइनलमा पुगेका २४ जना मध्ये तीन गु्रपमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।WhatsApp Image 2024-03-31 at 18.17.17 (1)

 सुषमा गोदावरी कलेज शैक्षित्र सत्र  २०६७  , ०६८बाट होटल मेनेजमेन्टको अध्ययन सुरु गरेको र हाल सम्म धेरै विद्यार्थीहरु उत्पादन गरेर विदेशमा पाँच तारे होटलहरुमा समेत काम गरिरहेका कलेजका प्राचार्य बोधराज नेपालले जानकारी दिए ।

उनले आफना विद्यार्थीहरु दुवई , क्यानडा , अष्ट्रेलिया , अमेरिका , जापान लगायतका देशहरुमा रहेका ठुलो होटलहरुमा काम गरिरहेको समेत वताए ।

विद्यार्थीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययनमा जोड दिदै आएको सुषमा गोदावरी कलेजले विभिन्न ठाउँहरुमा रहेका पाँच तारे होटलहरुमा अध्ययन भ्रमणमा विद्यार्थीहरुलाई लाने गरेको छ ।WhatsApp Image 2024-03-31 at 18.17.18 (1)

राहुल रायको संयोजकत्वमा पहिलो पटक आयोजना गरिएको मास्टर सेफ सुषमाको निर्णायक समेत सुषमा गोदावरी कलेजबाट होटल मेनेजमेन्ट अध्ययन गरेर दुवईको म्यारियट होटलमा कार्यरत अगिन चौधरी रहेका थिए । कार्यक्रममा उत्कृष्ट बन्न सफल विद्यार्थीहरुलाई कलेजका सहायक प्राचार्य बलराम पन्त , निर्देशक पेशल पोखरेल लगायतले पुरस्कृत गरेका थिए ।