इटहरी । आई एम ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इटहरी शाखामा तिन बर्ष अगाडी धरान निबासी रोसना श्रेष्ठले अभिकर्ता रोनिता श्रेष्ठ मार्फत रु. ३ लाख २० हजारको बिमा गर्नु भएको थियो। 
उक्त विमाकर्ता लाई घातक रोग अन्तर्गत पर्ने Invasive Ductal Carcinama of Rt Breast  रोग प्रमाणित भएकोले कम्पनीको प्रदेश प्रमुख मिलन दाहालद्वारा बिमित रोसना श्रेष्ठको श्रीमान देबेन्द्र भगत श्रेष्ठ लाई  एक कार्यक्रम बिच धरान शाखामा रू ३,०४,४८९।६० को चेक हस्तान्तरण गरिएको छ । 
उक्त कार्यक्रममा कम्पनीको सहायक प्रदेश प्रमुख ओम प्रकाश राई, प्रदेश अर्डिनेटर गान्धी तामाङ, इटहरी शाखा प्रमुख बिकाश श्रेष्ठ, धरान शाखा प्रमुख कृष्ण कुमार श्रेष्ठ लगायतको अभिकर्ताहरुको समेत उपस्थिति रहेको थियो । सहायक प्रदेश प्रमुख राईले कम्पनीको तर्फबाट बिमित रोसना श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्नुभयो भने अभिकर्ता रोनिता श्रेष्ठले कम्पनीले बिना झन्झट छोटो समयमा दाबी भुक्तानी दिएकोमा खुसी  व्यक्त गर्नु भएको थियो ।