दुहवी । सकारात्मक परिवर्तन बर्ष २०८० को उपलक्ष्यमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रम ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र दुहवीमा सम्पन्न भएको छ ।ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दुहवीको आयोजनामा भएको  उक्त कार्यक्रममा कोशी प्रदेशमा सञ्चालित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा समर्पित ८७ ब्रह्माकुमारी र २१ जना ब्रह्मा कुमार गरी १०८ जनालाई सम्मान गरिएको छ । भने प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरीलाइ स्वागत सहित सम्मान गरिएको छ ।IMG-20240330-WA0018 उहाँलाई मन्त्री भएकोमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेश क्षेत्रकी क्षेत्रिय संचालिका ब्रह्माकुमारी गीता दिदिले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरुमा कोशी प्रदेश स्थित विभिन्न स्थानमा सञ्चालित ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सञ्चालिका, केन्द्रमा समर्पित ब्रह्माकुमार ब्रह्माकुमारीलगायत रहनु भएको छ ।IMG-20240330-WA0017

यसैगरी झाँकी प्रदर्शनी सहित सांस्कृतिक नृत्य समेतको आयोजना गरि सम्पन्न गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरीले दोसल्ला ओढाएर सम्मान पत्रका साथ ब्रह्मा कुमारी राजयोग केन्द्रमा समर्पित ब्रह्मा कुमार ब्रह्मा कुमारीलाई सम्मान गर्नुभएको दुहवी केन्द्रकी सञ्चालिका बोध कुमारी दिदिले जानकारी दिनुभयो ।

ब्रह्माकुमारी राजयोग केन्द्र कोशी प्रदेश क्षेत्रकी क्षेत्रिय संचालिका ब्रह्माकुमारी गीता दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभासद् सुनिता गच्छादार, राजयोग प्रशिक्षिक ब्रह्माकुमार तुलसी उप्रेती, दुहबी नगरपालिका उपप्रमुख मेनुका खतिवडा लगायतको उपस्थिति रहेको थियो ।