ईटहरी । बाल अधिकारको क्षेत्रमा कार्य गर्दै आएको  भ्वाईस अफ चिल्ड्रेन ईटहरीको आयोजना तथा सुनसरी जिल्ला अदालत, बार इकाईको प्राविधिक सहयोगमा आयोजित कार्यक्रम अनलाईन बालयौन दुर्व्यवहार रोकथाम विषयक कार्यशाला ईटहरीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्नुहुदै भ्वाईस अफ चिल्ड्रेनको अभियान – बाल सुरक्षा र संरक्षण अनलाईन यौन दुर्वब्यवहार र शोषणमा परेका वा पर्न लागेका बालबालिकाको सुरक्षा तथा संरक्षणका साथै बाल अधिकारको क्षेत्रमा बागमती, कोशी प्रदेश लगायत अन्य ६१ भन्दा वढि जिल्लामा सेवा पुर्याउदै आएको छ । 

इटहरी स्थित पाथिभरा होटलमा संचालन गरेको उक्त कार्यक्रममा कानुन व्यवासायी बार इकाई का सदस्य र भ्वाइस अफ चिल्ड्रेनले आफ्नो कार्य योजना अन्तरगत अनलाइन बाल यौन दुर्व्यवहार वाट बालबालिकालाई सुरक्षित राख्ने उदेश्यले विगत लामो समय देखी बाग्मती,कोशी प्रदेशका विभिन्न पालिका संघसंस्था संग सहकार्य गर्दै अनलाईनबाट हुने दुर्वब्यवहार न्यूनीकरण, परिवार संग पुर्नमिलन, निती नियमको पैरवी गर्ने, सचेतना म्लक कार्यक्रम, बाल अधिकार हननका घटनामा पैरवी समेतको कार्यक्रम गर्दै आएको भ्वाईस अफ चिल्ड्रेन उप–निर्देशक राजु घिमिरेले बताए  ।WhatsApp Image 2024-03-30 at 17.59.40

२०५७ सालमा ललितपुरमा स्थापना भएको भ्वाईस अफ चिल्ड्रेन नामक यस संस्थाले सडक यौन दुरव्यवहार तथा जोखिममा परेका बालबालिका लाई संरक्षण गर्दै आएको छ । 

अनलाइन बालयौन दुब्र्यवहार रोकथाम, घटना सम्बोधन र प्रचलित ऐन कानुन तथा कठिनाईलगायतका विषयमा जानकारी, बाल अधिकार, संरक्षण र घटना ब्यवस्थापन सम्बन्धि जिल्ला बार इकाई सुनसरीका अध्यक्ष बिरेन्द्र बहादुर वस्नेत र पुर्व अध्यक्ष कृष्ण प्रसाद दाहालले सहजिकरण गरेका थिए । 

विगत तिन वर्ष अगाडी बाट सुरु भएको अनलाइन बाल यौन दुव्र्यहार रोकथाम विषयक कार्यशाला कार्यक्रममा जनप्रतिपनधी,प्रहरी,शिक्षक, विद्यार्थी र विभिन्न संघ सस्थाका प्रतिनिधी,सरोकारवालाहरु संगको कार्यक्रम गरि सकिएको भ्वाईस अफ चिल्ड्रेन सुनसरीका संयोजक भरत बहादुर थापाले जानकारी दिए । 

 भ्वाईस अफ चिल्ड्रेन सुनसरीकी कार्यक्रम अधिकृत लिला भुजेल लगायतले सहजिकरण गरेका थिए ।