इटहरी, नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सुनसरीको पाचौँ जिल्ला सम्मेलन इटहरीमा सम्पन्न भएको छ । शनिबार कोशी ब्युरो इन्चार्ज तथा पार्टी पोलिट व्युरो सदस्य दिपेस सी को प्रमुख आतिथ्यतामा २५ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो । 

उक्त सम्मेलन लाई नेकपाका पोलिट व्युरो सदस्य दिपेस सी ले सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थाका विरुद्ध नेपालमा समाजवादी व्यवस्था अनिवार्य भएको बताए । उनले नेपाली विशेषताको समाजवाद निर्माणका लागि सबै युवाहरु एकतावद्ध हुनुपर्ने बताएका छन । दिपेश सीले भ्रष्टाचारका विरुद्ध युवाहरुले संघर्ष गर्नु पर्ने बताए । उनले युवाहरु विदेशतिर जाने नभई स्वदेशमै रोजगारी सृजना गरी आत्मनिर्भर बन्नु पर्ने बताएका छन  । जिल्ला सम्मेलनले अध्यक्षमा मिलन राई उपाध्यक्षमा मन कुमारी देवान सभिवमा विश्वहाङ चाम्लीङ राई  लगाएत २५ सदसदस्यी कमिटी निमाणर् गरेको छ ।