सुनसरी  । महिला तथा बालबालिका मन्त्री भगवती चाैधरी सहितकाे टाेलीले गत फागुन ४ गते विराटनगर स्थित

बर्जु गाउँपालिका - ४ जयनगर मुस्लिम टाेलमा भएकाे आगलागीकाे क्षति निरिक्षण गर्नुभएकाे छ । निरिक्षण पछि उक्त आगलागी बाट घरबास गुमाएका परिवार लाइ बिभिन्न संघ सस्था संग सहकार्य गरेर घर बनाई दिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले घोषणा गर्नु भएको छ।IMG-20240330-WA0003 1

प्रवासी नेपाली संघ ( एन आर एन ए ) तथा ताइवानी सस्था ( चुजी फाउन्डेसन ) संगको सहकार्यमा घर बास गुमाएका करिब २७ घर परिवारको पुनर्वास को निम्ति आवस्यक घर तथा स्कुल निर्माण गरिदिने घोषणा गर्दै मन्त्रि चौधरीले भन्नु भयो : नेपाल सरकार सबै दात्री निकाय संग सहकार्य गर्दै पिडितको पुनर्बास को निम्ति आवस्यक काम गर्न तयार छ। IMG-20240330-WA0002

आगलागीबाट जलेका २७ घरटहराकाे क्षति निरिक्षणका क्रममा आगलागी बाट जोगिन बिभिन्न उपाय अपनाउन पर्ने,  कहिले काँही जतिनै सचेत हुँदा हुँदै पनि आगलागी हुन् सक्छ त्यो दैविक प्रकोप भनौ वा बिपत्ती, यस बिपत्ती प्रति दुख व्यक्त गर्दै पीडितका पिडामा मलम लगाउन आफुँ यहाँ आएको भन्दै आफु लाई एक्लो महसुस नगर्न र साथमा सरकार रहेको भन्दै पिडितलाई सबैकाे सहयाेगमा जतिसक्ताे चाडाे एकै किसिमका घर वनाईदिने मन्त्री चाैधरीले प्रतिवद्दता जनाउनु भएकाे छ । IMG-20240330-WA0001

मन्त्रि चौधरीबाट आफु हरुले धेरै आसा अपेक्षा राखेको भन्दै पिडितहरुले आफु हरुको पुनर्बास र जीवन रक्षाको निम्ति आवस्यक पहल गरिदिन अनुरोध गरेसँगै उहाँले प्रतिवद्दता जनाउनु  भएकाे हाे । 

कार्यक्रममा बोल्दै प्रदेस सभा संसद माननीय रोहित बहादुर कार्कीले आफु संघीय सरकार र स्थानीय सरकार संग सहकार्य गर्दै पिडितको गाँस, बासकाे निम्ति जस्तो सुकै कार्य गर्न तयार रहेको बताउनु भयो। यसैगरी गैर आवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, गैर आवासीय नेपाली संघकि अन्तरास्ट्रिय समन्वय समितिकि महिला संयोजक राधिका गुरुङ, उपध्यक्ष रोजिना राई। कार्यक्रममा समाज कल्याण परिसदका सदस्य सचिव मनोज भट्ट, चुजी फाउन्डेसनका निर्देसक निर्देस साक्य, लगायतको सहभागिता रहेको थियो। 

यस अघि नै मन्त्री चौधरीको पहलमा राहत सामग्री वितरण, नेपाल रेडक्रस सोसाइटी सुनसरीले आगलागीबाट पिडित १६ घर परिवारका लागि आवश्यक राहत सामग्री वितरण गरिसकिएकाे रेडक्रसले जनाएकाे छ ।

आगलागीबाट १६ घर परिवारका ८५ जनाभन्दा बढी प्रभावित बनेका छन् । रेडक्रसले प्रति पिडित परिवारलाई ११ थान आवश्यक राहत सामग्री वितरण गरेको छ । वितरण गरिएको सामग्रीहरुमा कम्बल, बाल्टी, भाडा सेट, डोरी, झुल, म्याट, त्रिपाल, प्लेन कपडा लगायत रहेका छन् ।