इटहरी । भिजन इनर्जी एण्ड पावर लिमिटेडको आयोजनामा कोशी प्रदेश स्तरिय शेयरधनी अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ । 

भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको नुप्चे लिखु जलविद्युत आयोजनाले गरेको कामको साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कोशी प्रदेशमा रहेका  शेयरधनीहरु लाई सहभागि गराएर जलविद्युत आयोजना निर्माणका सथै अहिले सम्मको उपलब्धीका साथै सुसुचित लगायतका बिषयमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको भिजन इनर्जी एण्ड पावर लिमिटेडका अध्यक्ष टेकनाथ आचार्यले बताए ।

उनले यो प्रोजेक्ट २०७६ सालमा लाइसेन्स लिएर कोविडको समयमा पनी काम लाई निरन्तर दिदै अवधी भन्दा ६ महिना अगाडीनै सम्पन्न गर्ने पनी बताए ।WhatsApp Image 2024-03-29 at 19.01.27

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गाँउपालिका वडा नं. १ नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) १० अर्व ५७ करोडको लगानीमा भएको निर्माणको काम ७० प्रतिसत पुरा भएको कार्यक्रममा जानकारी गराएको छ । यो हाइड्रोपावर  २०८१ मा   सम्पन्न भए पछि यो कम्पनीले चाडै नै साथिहरुकै सहकार्यमा एक सय पाँच मेघावाट को हाइड्रोपावर बनाउने लच्छे लिएको  कम्पनिका कोसी प्रदेश अध्यक्ष तेजबहादुर पुरी  जानकारी दिए । 

अन्तरक्रिया कार्यक्रममा संचालक सदस्य देशबन्धु कार्की, लगायतका सेयरधनीहरुको सहभागिता रहेको थियो ।