इटहरी ।  धार्मिक महत्व बोकेको वृद्धगंगा नदी किनारामा रहेको मोरगंको नयाँ वृन्दावन गौशालामा सञ्चालन गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महाज्ञयको समापनको अवसर पारेर सामुहिक व्रतवन्ध गरिएको छ ।

   मोरगंको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ५मा वृद्धगंगा नदी किनारामा रहेको धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशाला क्षेत्रमा यही चैत्र ८ गते देखि सञ्चालन भई रहेको महाज्ञयको समापनको अवसर पारेर सामुहिक व्रतवन्ध गरिएको हो ।WhatsApp Image 2024-03-28 at 15.41.48 (1)

सामुहिक व्रतवन्धमा विभिन्न स्थानका १३जना वटुकहरुको सहभागिता रहेको थियो । गत ८ गते देखि सञ्चालन भइको श्रीमदभागवत सप्ताह ज्ञान महाज्ञयको अवसर पारेर विश्वकै ठुलो गौ प्रतिमाको अनावर , फूलको होली  मिलन कार्यक्रम , अक्षयकोष सञ्चालनका लागि दाताहरुबाट सहयोग , ऋषि पार्कमा रहेका कश्यप ऋषिको प्रतिमा अनावर , दैनिक पाठपरायण ,भजनर्कितन , धार्मिक झाँकी लगायतका कार्यक्रमहरु गरी महायज्ञका अवसरमा गरिएको थियो । राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दावन गौशालाका परिकल्पनाकार तथा संरक्षक दिनबन्धु शास्त्रीले कथावाचन गरेको श्रीमदभागवत सप्ताह ज्ञान महाज्ञयमा कथा श्रवण गर्न टाढा देखि समेत उल्लेखनिय संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।