धनकुटा  । ग्याँस लाेड गर्दै गरेका चालककाे पिकअपकाे ठक्करबाट मृत्यु भएकाे छ । 

धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा बिहिबार पिकअपले ट्रकलाई ठक्कर दिँदा ग्याँस लाेड गर्दै गरेका ट्रक चालकको मृत्यु भएको हाे।

मृत्यु हुनेमा सिरहाको गोलबजार घर भई धनकुटा–९ स्थित गुठिटार बस्ने ३० बर्षीय निरज ठकुरी रहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । 

विहिवार दिउसाे करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दै गरेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिदा उक्त ठक्करबाट ग्याँस लाेड गर्दै गरेका चालक ट्रक माथिबाट खस्दा घटनास्थलमै उहाँकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका–३ का ३८ बर्षीय चेत बहादुर विशुँखे र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।