इटहरी । ललितकलाका विभिन्न पक्षहरुलाई समेटेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौले आयोजना गरेको  प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी २०८० समापन भएको छ ।

      इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नम्बर  ४ मा रहेको कृति, प्रकृति र संस्कृतिको केन्द्रका रुपमा विकसीत  बन्दै आएको रमणीय स्थान  इटहरी मेट्रिक्समा गत फागुन २९ गते देखि सञ्चालन भई रहेको प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी २०८० समापन भएको हो ।434141145_1653242652087900_3921301950121178783_n

   प्रदर्शनीमा ललितकला  अन्तरग पर्ने चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विद्या समेटेर राखिएको थियो । प्रदर्शनीमा कोशी प्रदेशका १सय ६२जना कलाकारहरुको सिर्जना राखिएको र प्रदर्शनी अवलोकन गर्न आउने सर्जक तथा अवलोकनकर्ताहरुको चापलाई मध्यनजर गर्दै तोकिएको समय भन्दा वढी प्रदर्शनी सञ्चालन गरिएको प्रर्दशनीका सह संयोजक तथा इटहरी मेट्रिक्सका अध्यक्ष विक्रम श्री ले जानकारी दिए । सह संयोजक विक्रम श्रीले प्रदर्शनीले काव्य चेतना वढाउन महत्वपुर्ण योगदान पुर्याएको समेत वताए ।434377769_1655134755232023_4638569227721331443_n

प्रदर्शनीमा समावेश भएका कलाकृतिहरु मध्येबाट ३२वटा कलाकृतिहरु राष्ट्रिय प्रदर्शनीका लागि  छनौट भएको समेत जनाइयो । प्रर्दशनी अवलोकनका लागि कोशी प्रदेशका सबै जसो जिल्लाहरुबाट अवलोकनकर्ता तथा सर्जकहरु आएको र विद्यार्थी वाहेकक ४ हजार बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

WhatsApp Image 2024-03-28 at 15.41.50