इटहरी । रोजगारी खोज्ने र रोजगारी दिने दुवैलाई सहज वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा श्रम संसार वेब पोर्टल सञ्चालन विषय केन्द्रित अन्तरक्रिया गरिएको छ ।

  जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा आसमान नेपालको सहकार्यमा श्रम संसार वेब पोर्टल सञ्चालन विषयक अन्तरक्रिया आयोजना गरिएको हो ।

श्रम सम्वन्धीत सुचनाहरुलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर खोज्नेहरु साथै रोजगारदाताहरुलाई समेत सहज वनाउने उद्धेश्य राखिएको श्रम संसार वेब पोर्टल सञ्चालनले रोजगारदाता तथा रोजगार खोज्ने दुवैलाई फाइदा पुग्ने सरोकारवालाहरुले अपेक्षा गरेका छन ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीको अध्यक्षतामा भएको अन्तरक्रियामा इटहरी क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्ने ३० जनाको सहभागिता रहेको थियो ।WhatsApp Image 2024-03-27 at 17.27.20

होटल व्यवसायमा कामदारहरुको आवश्यकता पर्दा कसरी कामदार खोज्ने भन्ने समस्या समेत हुदै आएकोमा वेब पोर्टल सञ्चालन गरे सहज हुने विश्वासले कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयसंग आग्रह गरे कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष पुरीले जानकारी दिए ।

कार्यक्रममा इटहरी होटल तथा लज व्यवसायी समितिका महासचिव दिपक पोखरेल , आसमान नेपालका कार्यक्रम अधिकृत किरण चौधरी , रोजगार सुचना केन्द्रका राजिव चौधरी लगायतले बेब पोर्टलका सञ्चालनका विषयमा बोलेका थिए ।