इटहरी । विश्व आर्दश सेकेण्डरी स्कुल इटहरीमा अध्यापन गराउदै आएका शिक्षक शिक्षिकालाई अध्यापनमा   सहजता प्रदान गर्ने उद्धेश्यले काठमाडौं विश्व विद्यालयसंगको सहकार्यमा सञ्चालन गरिदै आएको शिक्षण सिकाइ सम्वन्धी कार्यक्रम समापन गरिएको छ ।

    पाठ्यक्रम , नयाँ कोर्श लगायतका विषयमा शिक्षक शिक्षिकाहरुको सहभागितामा सहजिकरण गरिदै आएको थियो ।

गत वैशाख देखि सञ्चालित कार्यक्रम विदाको समयमा पारेर काठमाडौं विश्व विद्यालयका डा.पार्वती ढुंगाना ,कृष्ण खतिवडा , सरिता खड्का ,मदन रिजाल , डिल्ली राउत लगायतले सहजिकरण गर्दै आएका थिए ।WhatsApp Image 2024-03-27 at 17.27.32

विश्व आर्दश सेकेण्डरी स्कुलका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षता तथा काठमाडौं विश्व विद्यालयका सहायक डिन हेमराज काफ्लेको प्रमुख आतिथ्यमा तालिम समापन गरियो । तालिममा सहभागीमा विश्व आर्दश सेकेण्डरीका ८१ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।WhatsApp Image 2024-03-27 at 17.27.21

सो तालिममा सहभागी शिक्षक शिक्षिकाहरुलाई प्रमाण पत्र प्रदान गरियो । कार्यक्रमका विषयमा जानकारी गराउदै विश्व आर्दश सेकेण्डेरीका अध्यक्ष घिमीरेले तालिमबाट शिक्षक शिक्षिकाहरुले शिक्षाको विउ पाएको र त्यो विउमा कक्षा कोठामा सही सदुपयोग गरेर सफल विद्यार्थी उत्पादनमा खर्चनु पर्नेमा जोड दिए । 

तालिम समापन कार्यक्रममा विश्व आर्दश सेकेण्डरीका प्रिन्सिपल गणेशकुमार दुलाल , सहायक प्रिन्सिपल महोन प्रसाद निरौला लगायतको सहभागिता रहेको थियो ।