धनकुटा  । बौद्धिक समाज नेपालको तेस्रो अधिवेशन धनकुटामा आईतबार सम्पन्न भएको छ।  उक्त अधिवेशनले घनश्याम बरालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय कार्य समिति चयन गरेकोछ।

उक्त समितिको उपाध्यक्षमा ऋषिराम ढुङ्गाना, सचिवमा तिलक राई सह सचिवमा चन्द्रकला धमला, 

कोषाध्यक्षमा नारायण पौडेल रहनु भएको छ । 

यसैगरी सदस्यहरूमा इन्दिरा श्रेष्ठ, राजकुमारी चेम्जोङ, डा. श्याम वाग्ले, रमेश लुँइटेल, ज्योति प्रधान, स्मिता निरौलालगायतको ११ सदस्यिय केन्द्रिय कार्य समित चयन गरेको बौद्दिक समाज नेपाल धनकुटा संस्थापक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

 उक्त सभामा उहाँले संस्था स्थापनाको परिकल्पना र संस्थाले अवलम्बन गर्नुपर्ने भावी योजनाबारे प्रकाश पार्नु भएको थियो । धनकुटा जिल्लामा वि.सं. २०७६ सालमा जन्मथलोका रूपमा केन्द्रिय कार्यालय स्थापना गरि अगाडि बढेको यस संस्थाले विभिन्न जिल्लामा आगामी दिनमा शाखा विस्तार गर्ने योजना राखेको जनाएको छ। WhatsApp Image 2024-03-26 at 09.17.24

सभालाई सम्बोधन गर्दै बौद्दिक समाज नेपाल, धनकुटाका संस्थापक अध्यक्ष जगदीश रेग्मीले विभिन्न दल तथा सामाजिक संघ संस्थाका बुद्दिजिविहरूको सहभागिता रहेको उक्त बौद्दिक समाजको भेलाले राष्ट्रलाई सहि दिशा निर्देश गर्ने, देश चलाउने जनप्रतिनिधिहरूले सहि ढंगले देश नचलाएकाले बौद्दिक समाज नेपाल नामक संस्था दर्ता गर्नु परेको, देशको विकास गर्र्छु भन्ने जनप्रतिनिधिहरूलाई सहि सल्लाह र सुझाव दिने लगायतका विषयमा आफु प्रतिवद्द रहेको दावी गर्नुभएको छ ।

राष्ट्रिय मुद्दामा बौदिकहरूबिच विचारविमर्स, अन्तरक्रिया, अभिमुखिकरण, बौद्दिकहरू बिच बौद्दिक्ता सम्बन्धी पुस्तक प्रकासन लगायतका काममा अगाडी बढिरहेको यस संस्थामा हाल ५२ जिल्लाका ३४८ जना सदस्यहरू आवद्द छन् ।