इटहरी । आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु तथा  होली पर्व आज पुर्वी तराइको विभिन्न जिल्लामा हर्षोल्लासका साथ रंगको पर्व होली खेलेर मनाइएको छ । वसन्त ऋतुको आगमन सँगै आपसी मेलमिलाप र सद्भावना कायम गर्दै फागु पर्व परम्परागत रूपमा विभिन्न अविर तथा रंङ खेली मनाउने परम्परा रहेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्तका आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली  खेल्ने परम्परा चलेको मानिन्छ ।IMG_20240325_131233 1

सोही क्रममा इटहरीमा पनी विभिन्न संघ,सस्थाहरुले एक आपसमा शुभकामना आदन प्रदान गर्ने उद्धेश्यले होली मिलन कार्यक्रमको आयोजना गरेर मनाएको छ । साकृतिक कार्यक्रम,मट्का फुटाउने,म्युजिक चियर खेल्दै सामुहिक खानपिन परी मनाएको छ ।