धनकुटा  । धनकुटा स्थित नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेक परिसरमा नेपाली सेनाले बृक्षारोपण गरेको छ ।
धनकुटा नगरपालिका –४ सल्लेरीमा तैनाथ रहेको नेपाली सेना श्रीभीमदल गणको हाता भित्र खाली रहेका जमिनमा शनिबार बृक्षारोपण गरेको हो ।
धनकुटा  जिल्लाका जिल्ला न्यायधिस माननीय नारायण प्रसाद पराजुली, जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत भरतबावु श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनकुटाका पहरी.उपरिक्षक. श्यामसिंह चौधरी, ससस्त्र प्रहरी बल नं. ६ गुल्म हेटक्वाटरका  ससस्त्र प्रहरी नायव उपरिक्षक  सुदन प्रसाद भारती, भीमदल गणमा कार्यरत अधिकृत, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास लगायतको सहभागितामा बृक्षारोपण गरिएको भीमदल गणका मेजर मुकुन्द न्यौपानेले जानकारी दिए  ।
गणको हाता भित्र जामुन, अमला, तेजपात, चिउरी, सल्ला लगायतका प्रजातिका २ सय बढी  विरुवाहरु बृक्षारोपण गरेर खाली ठाउ लाई पहिरो मुक्त,हरियाली युक्त बनाउन पनी बृक्षारोपणले सहयोग पुग्ने गणका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिए ।