इटहरी । आफना छोराछोरीलाई सफल वनाउने विषयमा अभिभावकहरुले खेल्नु पर्ने भुमिका विषयक  केन्द्रित भएर सुनसरीको इटहरी ४मा रहेको पाथिभरा बोर्डिङ स्कुलले अभिभावकहरुका लागि कार्यशाला आयोजना गरेको छ ।

    पाथिभरा वोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार रिजालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ४का वडाध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यमा अभिभावकहरुका लागि कार्यशाला आयोजना गरिएको हो ।

  सो कार्यशालामा विद्यालयले कसरी पठन पाठन गराउदै आएको छ भन्ने कार्यतालिका साथै पठन संस्कृति ,र सिप शिक्षा, आध्यात्मिक साधन ज्ञान , लगायतका विषयमा विद्यालयका प्राचार्य डाक्टर गोपाल श्रेष्ठले जानकारी गराएका थिए । IMG_20240323_120532

 , उत्प्रेरकहरु बद्री दाहाल , विवेक विनय , विपीन रेग्मी  लगायतले अभिभावकहरु लाई  सहजिकरण गरेका थिए । 

समय अनुकुल विद्यार्थीहरुको सिकाइका लागि प्रविधियुक्त कक्षाहरु सञ्चालन गरिदै आएको साथै पठन संस्कृति, सिप शिक्षा, आध्यात्मिक साधन ज्ञान , लगायतका विषयमा विद्यालय धेरै अगाडी बढेको  विद्यालय सञ्चालक समितिका अध्यक्ष निर्मलकुमार रिजालले जानकारी बताए । 

कार्यक्रममा पाथिभरा वोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको उल्लेखनिय संख्यामा सहभागिता रहेको थियो ।

२०४८सालमा स्थापना भएर सञ्चालन हुदै आएको पाथिभरा सेकेण्डरी स्कुलमा हाल प्ले गु्रप देखि कक्षा १० सम्म ८सय वढी विद्यार्थीहरु अध्ययनरत रहेका छन ।