धनकुटा । विपद व्यावस्थापन समित धनकुटाको बैठक पाख्रिबास ४ तालतलैया स्थित सिमसार क्षेत्रमा रहेको हवाईजहाज भित्र भएको विपद् व्यावस्थापन समितिको बैठक सम्पन्न भएको छ । 

धनकुटा नगरपालिका भित्र मात्र हुदै आएको उक्त बैठक पर्यटन प्रवर्दनकालागि धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्वर ४ सिमसार स्थित तालतलैयामा आयोजना गरिएको हो । 

उक्त बैठकमा लेउती खोला व्यावस्थान, भेडेटार हुदै ६नं.बुधबारे, रवि, राँके सडकमा पनि जोखिम रहेको हुदा  नेपाल बिधुत प्राधिकरणका पुराना पोलहरू हटाउनु पर्ने, कच्चि सडकमा चल्ने सानाठुला सवारी साधानको व्यावस्थापनकालागि कार्य योजना तयार, विधुत सर्ट भएर हुने आगलागी कम गर्ने अभियान, बर्खायाम शुरू भएसँगै धनकुटा जिल्लाको खानेपानी स्वछता ,क्षमता भन्दा बढी यात्रु बोक्नु, पुराना सवारी साधान नियन्त्रण, रूखले लागेर गुडिरहेको 

मोटरसाईकलमा सवार महिलाको मृत्यु लगायतका विषयमा छलफल गरिएको थियो । IMG-20240322-WA0070

यसका साथै धराप र उमेर पुगेका बुढा रूखहरू हटाउन, बाढी पहिरो लगायत बाट हुनसक्ने जोखिम यकीन हुनुपर्ने, वैठकमा एक आर्थिक बर्षका विपद् के कति भएका छन् तथ्यांक सहित प्रस्तुत गरिनु पर्ने लगायतका विषयमा जोड दिएको  छ ।

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तयारीका लागि विभिन्न संघ संस्थाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटालाई जिम्मेवारी दिईएको छ ।

विभिन्न शिर्षकमा बजेट विनियोजन हुने गरेको भएपनि विपद व्यावस्थापनका लागि वजेट विनियोजन कम हुदा विपद व्यावस्थापन गर्न समस्या भईरहेको हुदा आगामि दिनमा विपद व्यावस्थापनका लागि वजेट विनियोजित हुनुपर्ने सरोकारवाला निकायले  माग गरेका छन् । IMG-20240322-WA0071

वडा अध्यक्षको रोहवरमा प्रमुख जिल्ला अधिकारीले जोखिम रूख तत्कालै काट्ने प्रावधान हुनुपर्नेमा जोड दिए  ।

उक्त वैठकमा आएका सुझावका मर्मलाई आत्मसाथ गर्दै विपद पुर्व तयारी प्रतिकार्य योजना निर्माण गरिने छ । 

दमकल, खानेपानी, लगायतका पुर्वतयारी गर्नुपर्ने , सडकको वरपर रहेका रूखहरू, मान्छेहरूको आवात जावत हुने ठाउहरूमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । 

उक्त कार्यक्रममा शसस्त्र प्रहरी वल नेपाल नम्वर ६ गुल्म हेडक्वाटर . छिन्तांङका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्माछाने, जिल्ला प्रहरी कार्यलयका प्रमुख, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, पालिकाका प्रमुख विभिन्न दलका प्रमुख तथा पाटी प्रतिनिधि, लगायतको उपस्थिति रहेको थियो ।