इटहरी । आदिवासी जनजाति मध्येको एक मुख्य तामाङ जाति भित्रको गोले थर भएका तामाङहरुको साझा संस्थाको रुपमा गोले तामाङ वंश उत्थान समाज इटहरी र धरानको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

 मोरङको वेलवारी नगरपालिकास्थित गौथली चौकमा करिव एक विगाहा क्षेत्रफलमा रहेको जग्गामा गोले वंशको कूल पूजा स्थल निर्माण कार्यको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

भर्खरै तामाङ जातिको सोनाम ल्होछार–२८६० लाई सांस्कृतिक कार्यक्रम सहित घरघरमा गई मनाउने कार्य सम्पन्न भइसकेको र सोही अवसरमा  यही चैत २३ गते ओसियन पार्क, इटहरीमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए । WhatsApp Image 2024-03-22 at 18.48.09

यसै सन्दर्भमा समाजको विभिन्न उद्देश्य र लक्ष्य हासिल गर्न तथा संगठन विस्तार र विविध कार्यक्रमहरु गर्न साथै आर्थिक समस्यावाट गुज्रेका यस समाजका विपन्न सदस्य तथा परिवारलाई सहयोग गर्न समाजलाई एक आर्थिक कोषको आवश्यकता परेको हुंदा कोष निर्माण सहयोगार्थ संयुक्त आयोजनामा राष्ट्रिय तथा स्थानिय कालाकार सहितको सांस्कृतिक कार्यक्रम गर्न लागिएको गोले तामाङ वंश उत्थान समाज धरानका अध्यक्ष जितबहादुर गोलेले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा तामाङ जातिको परम्परागत एवम् मौलिक गीत,नृत्य, वाजाहरु प्रस्तुत गरिनुका साथै चर्तित राष्ट्रिय गायक राजेश पायल राई, छेवाड तेन्जिङ लामा ,सन्देश बम्जन अपेक्षा गोले अनिल वाईवा, मंगल सिंह मोक्तान,गंगा गौतम तथा  धरानको युनाईटेड डान्स एकेडेमी लगायतका विभिन्न नृत्यहरु समेत प्रस्तुत हुने गोले तामाङ वंश उत्थान समाज इटहरीका अध्यक्ष केवल गोलेले बताए । 

यस कार्यक्रमका मार्फतबाट गोले परिवार विच भेटघाट एकता संगठन निर्माण तथा  सांस्कृति प्रबर्द्धन र संरक्षणका  साथै स्थानीय पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने अपेक्षा लिइएको छ ।