इटहरी । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको परामर्श र सहयोग पुराउदै आएको  बृज इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको चौथो शाखा इटहरीमा एक कार्यक्रम विच उद्घाटन भएको छ ।

इटहरी ६ को मुख्य चोक उत्तरमा आफ्नो चौथो  शाखा बिस्तार गरेको हो । 

काठमाडौको कमलादीमा रहेको केन्द्रिय कार्यलय रहेको बृज इन्टरनेशनलले आफ्नो शाखा बिस्तारमा तिब्रता दिएको छ ।WhatsApp Image 2024-03-22 at 18.48.06

विदेश तथा नेपालका विभिन्न ठाउँमा कार्यालय सञ्चालन गरेर विद्यार्थी तथा अभिभावको मन जित्दै आएको बृज इन्टरनेशनलले वेलायत, अष्ट्रेलि लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरु लाई सहजिकरण गर्दै आएको अब देखि इछहरीमा पनी सहज होस भनेर इटहरीमा शाखा विस्तार गरिएको बृज इन्टरनेशनल इटहरीका अध्यक्ष अनुज कार्कीले जानकारी दिए । WhatsApp Image 2024-03-22 at 18.48.07

लोक गायिका गंगा गौतम र राष्ट्रिय गायक हिमाल सागर गौतमले कार्यक्रममा सांगितिक प्रस्तुत गरेर रनोरञ्जन गराएका थिए । 

बृज इन्टरनेशनल इटहरीका अध्यक्ष अनुज कार्कीको अध्यक्षता तथा ईक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको प्रमख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा इटहरी उपमहानगर पालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष दिवस पोख्रेल,ईक्यान सुनसरीका अध्यक्ष रविन्द्र निरौला,सल्लाहाकार कमल तिम्सिना,शोभा घिमिरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।