इटहरी । उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ इटहरीले इटहरीवासीलाई लक्षित गरि विशेषज्ञ सेवा सहितको वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

   उद्योग वाणिज्य संघ इटहरी परिषरमा आयोजना गरिएको वृहत स्वास्स्थ्य शिविरमा विभिन्न रोगका १७ जना विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरेका हुन ।IMG_20240321_201025

   इटहरी मेडिकल हलको सहकार्य रहेको वृहत स्वास्थ्य शिविरमा सुगर ,प्रेसर लगायतका ल्याव सेवाहरु समेत निःशुल्क गरिएको इटहरी मेडिकल हलका सञ्चालक बलवहादुर न्यौपानेले जानकारी दिए । उनले शिविरमा ७सय ५० जना वढीले विभिन्न रोगको परिक्षण गराएका थिए ।

 शिविरमा स्वास्थ्य परिक्षण गराएका विरामीहरुलाई निःशुल्क औषधीको समेत व्यवस्था गरिएको थियो ।433946345_3668817406767943_630061208239958806_n

   इटहरीवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै धेरै रोगका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा स्वास्थ्य शिविर सञ्चालन गरिएको र इटहरीमा यति धेरै विशेषज्ञ चिकित्सकहरुको सेवा सहितको स्वास्थ्य शिविर सायद नभएको समेत उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए ।IMG_20240321_201104

 स्वास्थ्य शिविर इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । स्वास्थय शिविरमा बाल, महिला, नाक कान तथा घाँटी, सर्जन, मुटु, पेट तथा कलेजो, छाला लगायतका १७  रोगका विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।IMG_20240321_200931