इटहरी ।  मोरगंको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ५मा वृद्धगंगा नदी किनारामा रहेको धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशालामा श्रीमदभागवत ज्ञान महायज्ञको सुरु भएको छ ।

  स्कन्द पुराणमा बर्णन गरिएको धार्मिक महत्व बोकेको वृद्धगंगा नदि किनारामा रहेको नयाँ वृन्दावन गौशालामा लगाइएको महायज्ञको नेपालका प्रथम जगत गुरु बाल सन्तले दिप बालेर उदघाटन गरेका हुन ।

भोलीबाट पाठ परायण हुने श्रीमदभागवत महायज्ञलाई लक्षित गरि  नयाँ वृन्दावन गौशालाबाट  धार्मिक शोभायात्रा नियालियो ।

धार्मिक शोभायात्रा  इटहरीको मुख्य चोक हुदै संगित चोक भेटघाट चोक हुदै पुनः गौशालामा पुगेर समापन गरियो । WhatsApp Image 2024-03-20 at 17.05.53

धार्मिक महत्व बोकेको नयाँ वृन्दावनमा निर्माण गरिएको विश्वको ठुलो गौ प्रतिमा अनावर तथा फूलको होली मिलन कार्यक्रममा फागु पूर्णिमाका दिन यही चैत्र ११ गते गरिने भएको छ ।WhatsApp Image 2024-03-20 at 17.05.57

   धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावनमा भव्य राधाकृष्ण भक्ती मन्दिर सहित शिवजी , दुर्गा माता ,कबीर मन्दिर , आश्रम, गौ सेवा भवन ,वुद्ध मूर्ति ,स्नान घाट , गोत्रिय ऋषि पार्क निर्माण भईसकेका छन । यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र वनाउन विभिन्न समयमा महाज्ञयहरु सञ्चालन गरिदै आएको छ ।