दमक । न्युनतम शुल्कमा अध्यापन गराउदै आएको समता स्कुल दमक झापाले आफनो १३औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

 दमक नगरपालिकाकी  उप प्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यमा समता स्कुल दमकको १३र्औ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।IMG-20240318-WA0006 1

 वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी  वसन्त चापागाईं,उत्कृष्ट अभिभावक निर्मला राजवंशी , उत्कृष्ट शिक्षक  निर्मला गौतमलाई पुरस्कृति गरियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसै गरी वार्षिक खेलकुद तथा विभिन्न प्रतियोगिताहरुका विजयी विद्यार्थीहरुलाई समेत पुरस्कृत गरियो । कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कुबेर भट्टराई, समता स्कुलका संस्थापक उत्तमकुमार सञ्जेल, समता स्कुल कोशी प्रदेशका प्रमुख सन्तोष श्रेष्ठ, दमक नगर शिक्षाका प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमका वक्ता अतिथीहरुले नेपाल सरकारले गर्न नसकेको काममा समता स्कुलले गर्दै आएको भन्दै प्रशंषा गरेका थिए ।