इटहरी । धार्मिक पर्यटकीय क्षेत्र मोरगंको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होली मिलन महोत्सव  सहित  विश्वकै ठुलो गौ प्रतिमाको अनावर गरिने भएको छ ।

    मोरगंको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ५मा वृद्धगंगा नदी किनारामा रहेको नयाँ वृन्दावन गौशाला क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो गौ प्रतिमा अनावर सहित विगतका वर्ष झै यस वर्ष पनि फूलको होली मिलन कार्यक्रम गरिने भएको हो ।

   धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावनमा भव्य राधाकृष्ण भक्ती मन्दिर सहित शिवजी , दुर्गा माता ,कबीर मन्दिर , आश्रम, गौ सेवा भवन ,वुद्ध मूर्ति ,स्नान घाट , गोत्रिय ऋषि पार्क निर्माण भईसकेका छन । यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र वनाउन विभिन्न समयमा महाज्ञयहरु सञ्चालन गरिदै आएको छ ।421516009_355513403960487_7216613962617026295_n

त्यसै गरी जेष्ठ नागरिक आश्रम  निर्माण साथै सञ्चालन भई रहेका गुरुकुललाई साथै राधेश्याम सेवा ट्रष्टलाई दियो व्यवस्थापनका लागि यही फागुन ८ गते देखि श्रीमदभागवत सप्ताह ज्ञान महाज्ञय गरिने भएको छ ।

सोही अवसर पारेर फागु पुर्णिमाका दिन फूलको गोली मिलन र गौ प्रतिमाको अनावर गरिने ट्रष्टका संरक्षक दिनबन्धु शास्त्रीले जानकारी दिए । स्कन्द पुराणको हिमवत्व खण्डमा बर्णन गरिएको पवित्र धार्मिक नदी वृद्धगंगाको किरानामा परिकल्पना गरी विभिन्न धार्मिक मठमन्दिरहरु निर्माण सहित धार्मिक गतिविधि गरिदै आएको छ । नयाँ वृन्दावन पनि वृद्धगंगा नदि किनारामा रहेको एक पवित्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुदै आएको छ ।