इटहरी । महिलाहरुको  नेतृत्व तथा व्यक्तित्व विकासमा महत्वपुर्ण योगदान पुर्याउदै आएको इटहरी लेडि जेसिजले सार्वजनिक रुपमा भाषण गर्ने कलाका विषयमा प्रशिक्षण आयोजना गरेको छ । 

   इटहरी लेडि जेसिजमा आवद्धहरु महिलाहरुलाई लक्षित गरि प्रभावकारी सार्वजनिक भाषणकला प्रशिक्षण गरेको हो ।Messenger_creation_d153bcde-6215-43b6-a361-2824e5716084 

   प्रशिक्षणमा नेपाल जेसिजका पुर्व कार्यकारिणी उपाध्यक्ष तथा पुर्व तालिम आयुक्त ,उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष एवंम नेपाली काँग्रेस सुनसरीका सचिव समेत रहेका विरेन्द्र कुमार शाहले सार्वजनिक कार्यक्रमहरुमा कसरी मन्तव्य राख्दा प्रभावकारी हुन्छ । FB_IMG_1710763446917मन्तव्य राख्दा ध्यान दिनु पर्ने कुराहरु लगायतका विषयमा सहजिकरण गरेका थिए । इटहरी लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा भएको प्रशिक्षणमा इटहरी  जेसीजका अध्यक्ष सुमन सुवेदी, इटहरी लेडि जेसीजका संस्थापक अध्यक्ष मिना भण्डारी , इटहरी लेडि जेसिजका पुर्व अध्यक्षहरु साथै  विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत गरेर ८० जनाको सहभागिता रहेको थियो ।