इटहरी । रेविज रोगको जोखिम न्युनिकरण गर्ने  उद्धेश्यले सुनसरीको इटहरीमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्य सम्पन्न गरेको छ ।

इटहरी उपमहानगरपालिकाको सहयोगमा फागुन १२ गते देखि प्रत्येक शनिबार इटहरी क्षेत्रका कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिन लगाएको आज चौथो हप्ता सम्ममा १ सय ६५ वटा कुकुरलाई भ्याक्सिन लगाएर समापन गरिएकोे वुल्स एलेभेन क्लवका उपाध्यक्ष रामु राईले जानकारी दिए ।

उनले एन्टी रेविज भ्याक्सिन नलगाईका सामुदायिक कुकुरहरुका कारण रेविज फैलन सक्ने तर्फ मध्यनजर गर्दै रेविज नियन्त्रणमा एक स्वास्थ्य एक गन्तव्य नारा सहित रेविज विरुद्धको भ्याक्सिन लगाउने शिविर सञ्चालन गरिएको वताए  ।

    शिविरमा इटहरी उपमहानगरपालिका पशुपंक्षी शाखाले प्राविधिक  दुर्गा श्रेष्ठको सहयोगमा गरिएको थियो । वुल्स एलेभेन क्लवले इटहरी क्षेत्रमा सरसफाई , वृक्षारोपण लगायका विभिन्न सामाजिक कार्यमा महत्पुर्ण योगदान पुर्याउदै आएको छ ।