इटहरी । किवानिज क्लब द्धारा  बडी ल्याङवेज सम्बन्धी एकदिने तालिम समापन गरेको छ । बालवालीकाको क्षेत्रमा क्रियासील किवानिज क्लब अफ इटहरीले समता स्कुल, ईटहरी र  होटल इम्पेरीएलमा १५० जना भन्दा वढी बालबालीकारुलाई बडी ल्याङवेज सम्बन्धी तालीम  प्रदान गरेको हो । 

कार्यक्रम सहभागी बालबालीकाहरुले दोस्रो व्यक्ति स‘ग उपस्थित हुदॉ कसरी प्रस्तुत हुने भन्ने र आफ्नो नेत्रित्व विकास कसरी गर्ने लगाएतको विषयमा ज्ञान प्राप्त गरेको किवानिज क्लब इटहरीको अध्यक्ष मनिता तामाङले  बताइन ।   WhatsApp Image 2024-03-15 at 18.34.34 1

बडी ल्याङवेज सम्बन्धी  तालीमको सहजीकरण फिजियोलिस्ट बालकुष्ण थारुले गरेका थिए । यो क्लब अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब हो । 

किवानिस क्लबले विषेश गरि बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्दै आएको छ  । WhatsApp Image 2024-03-15 at 18.31.07

सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने उदेश्य बोकेको क्लबले बालबालिकाको लागी स्वास्थ्य शिविर, स्टेसनरी, स्कुल ड्रस, लगायतका  विभिनन सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।