इटहरी ।  इटहरीमा रहेको  सान्वी सिटी हस्पिटल र सेभेन स्टार क्लव, बालग्राम टोल विकास समिति तथा सहयोगी हातहरु द्वारा संयुक्त आयोजना भएको वृहत रक्तदान तथा स्वास्थ्य शिविर  सम्पन्न भएको छ । 

सान्वी सिटी हस्पिटलको परिसरमा भएको शिविरमा सुगर टेष्ट,मृगौला टेष्ट स्त्री तथा प्रसुती ,फिजिसियन ,हार्डजोड्नी निःशुल्क टेष्ट गरिएको छ भने दन्त परिक्षणमा ५० प्रसेन्ट छेटमा चेक जाँच गरिएको थियो । 

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानको प्रविधिक सहयोगमा भएको रक्तदानमा  ५२ पिन्ट रगत संकलन भएको छ भने स्वास्थ्य शिविरमा २सय २६ जनाले निःशुल्क सेवा लिएका छन । WhatsApp Image 2024-03-16 at 18.42.25

  बालग्राम टोल विकास समितिका अध्यक्ष देवी प्रसाद भट्टराईको अध्यक्षता तथा इटहरी उप–महानगरपालिकाका वडा नं. १६ का अध्यक्ष श्री तेजनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको    शिविरमा सान्वी सिटी हस्पिटलका प्रविधिक सहयोगमा भएको शिविरमा  एमडी जिपी डा.मुकेशकुमार साहले जेनेरल रोग साथै  स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सोमा गुप्ता, डा. अविनास कुमार साह , डा. रामविश्वेश्वर साह , दन्त चिकित्सक आदित्य शाह,मेडिकल अफिसर  विरेन्द्रकुमार मण्डलले विरामी जाँच सेवा दिएका थिए । WhatsApp Image 2024-03-16 at 18.42.26

सान्वी सिटी हस्पिटलले भेन्टिलेटर सहितको आईसियु एन आईसियु र विशेषज्ञ चिकित्सकहरुवाट जेनेरल तथा प्रसुती साथै दन्त रोग लगायतका सेवाहरु प्रदान गर्दै आएको अस्पतालले अब धरान ,विराटनगर जान बाट मुक्त गर्दै सबै सेवाहरु याही बाटै दिने पनी सञ्चालक सुजित ढुंगेलले बताए स 

संयुक्त आयोजना भएको वृहत रक्तदान तथा स्वास्थ्य शिविर उद्घाटन र्काक्रममा इटहरी उप–महानगरपालिकाका वडा नं. १७ का अध्यक्ष प्रभात कुमार आचार्य ,सेभेन स्टार क्लवका अध्यक्ष नवराज पौडेल, सहयोगी हातहरुका अध्यक्ष विजय खनाल, लक्ष्मीदिप टोल विकास संस्थाका अध्यक्ष गोमा गिरी लगायतको सहभागिता रहेको थियो ।