इटहरी । विद्यार्थीमा कानुनी साक्षरता ल्याउने उद्देश्यका इटहरी नमुना कलेजको समन्वय र उच्च  सरकारी वकिल कार्यलय बिराटनगर र जिल्ला सरकारी वकिल कार्यलय सुनसरीको आयोजनमा बृहत अन्तरकृया  कार्यक्रम सम्पन्न भएको छ ।

सम्मजमा बढ्दै  गईरहेको लैङ्गिक तथा महिला हिंसाका घटनालाई निर्मुल गर्नका निम्ति बिद्यार्थीलाई सचेत गराईएको हो । 

सुनसरीजिल्ला सह–न्यायधिवक्ता कृष्ण रिमालले सहजीकरण गर्नु भएको कार्यक्रममा  उच्च अदालत सरकारी वकिल कार्यलय बिराटनगरका सह–न्यायधिवक्ता  नारायण थापा, सरकारी वकिल कार्यलय सुनसरीका जिल्ला न्यायधिवक्ता टेकनाथ अधिकारी, इलाका प्रहरी कार्यलय सुनसरीका डि एस पी टेक बहादुर कार्कीले मन्तव्य राखेका थिए ।WhatsApp Image 2024-03-15 at 14.07.13

कार्यक्रममा लैङ्गिक तथा महिला हिंसामा पर्दा कसरी कानुनी उपचार खोज्ने, नेपालको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको कानुन संकायका शिक्षक कुल दिप भुजेलले जानकारी दिए ।