लेटाङ । ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास संजालको प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपालले सन २०२४ मा कार्यान्वयन गर्ने विकासका लागि साझेदारी परियोजनाको वारे लक्षित समुदाय र सरोकारवालाहरुबीच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा लक्षित समुदाय र सरोकारवाला निकायहरुबीच परियोजना अन्तर्गतका कृयाकलापहरु, कार्यक्षेत्र, समयावधि, बजेट र कार्यान्वयन प्रकृयाको बारेमा र परियोजना कार्यान्वयनमा लक्षित समुदाय र सरोकारवाला निकायहरुको सम्वन्ध, सहयोग र साझेदारीता वारे अन्तरकृया गरियो ।

कार्यक्रममा प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख श्री भूपेन्द्र कुमार लावतीले नागरिक समाज एक स्वतन्त्र निकाय भएकोले दर्ता नभई समाजमा देखा पर्ने समस्याहरुको पहिचान र समाधानमा लागी पर्नाले नगरपालिकाको इज्जवत बढेको बताउनु भयो । नगरले प्रकाशन गर्न लागेको अर्धवार्षिक बुलेटीनमा आआफ्नो लेख रचना छपाउन समेत आग्रह गर्नु भयो ।

वहाँले सिडिएफ नेपालसंग टोल विकास संस्थाहरुको क्षमता विकास र जनप्रतिनिधिहरुको क्षमता विकासमा नगरपालिकाले साझेदारी गर्ने बताउनु भयो । 

५ नं. वडाध्यक्ष श्री भूम सूर्य मगरले लेटाङमा शान्ति निर्माणको बाधक तत्व लागुपदार्थ दुव्र्यसन भएकोले यसको न्यूनीकरणका लागि नगरपालिका, सिडिएफ नेपाल र नागरिक समाज मिलेर वृहत सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।c35c83cd-4cd9-4620-9477-1bdc91b83b8f

परियोजनाको बजेट कम भएता पनि कार्यक्रमहरु समग्रमा परिणाममुखी भएकाले परियोजना अन्तर्गतका कार्यक्रमहरु सफल पार्न सबैजना सक्रियतापूर्वक लागि पर्नु पर्ने, टोल विकास संस्थाहरुको क्षमता विकासका लागि १ दिने अन्तरकृया, तालिम भन्दा पनि सीप र ज्ञान हासिल हुने प्रकृतिका कार्यहरु गर्नु पर्ने, पालिका स्तरीय नागरिक सचेतना समूहमा सबै वडाहरुबाट सदस्य हुने व्यवस्था गर्नु पर्ने सुझावहरु प्राप्त भएका छन् ।

कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख, वडाध्यक्षहरु, वडासदस्यहरु, नागरिक समाजका पदाधिकारी सदस्यहरु, विभिन्न ७ धर्मका धर्मगुरु र अनुयायीहरु र सिडिएफ नेपालका कार्य समिति पदाधिकारी सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । परियोजना इञ्चार्ज नर बहादुर लिम्बूले सहजीकरण गर्नु भएको कार्यक्रम सिडिएफ नेपालका अध्यक्ष श्री रामचन्द्र बुढाथोकीले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिई कार्यक्रमको समापन गर्नु भयो ।