इटहरी । पछिल्लो समयमा मानिसहरुका वढी रहेको मानसिक तनावलाई मध्यनजर गर्दै तनाव नियन्त्रण गर्ने विषय केन्द्रित भएर मनोविर्मशकर्ता तयार पार्ने उद्धेश्यले इटहरीमा सञ्चालित तालिम  सम्पन्न भएको छ ।

   ह्युमन नेपाल धनगढीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा सञ्चालित तालिम  सम्पन्न भएको हो ।

 कोशी प्रदेश र मधेश प्रदेशका २२ जनाको सहभागिता रहेको तालिमबाट मनोविमर्शकर्ताहरु तयार भएर उनीहरुले समुदायहरुकैमा पुगेर  मनोविर्मशका क्षेत्रमा काम गर्ने सक्ने बनायनका लागी यो तालिमको आयोजना गरेको ह्युमन नेपालका अध्यक्ष उमेश शिवाकोटीले बताए । 

सो, तालिममा सहभागि प्रशिक्षाथिलाई भोलिका दिनमा  तालिम दिन सहज होस भनेर सिकाइ पुस्तक समेत हस्तान्तरण गरिएको छ ।WhatsApp Image 2024-03-14 at 18.46.02

तलिममा सहभागिहरु लाई मनोविज्ञ  विनोद पौडेल र  साधना निरौलाले सहजिकरण गरेका थिए । 

 तालिममा सैद्धान्तिक तथा व्यवहारिक रुपमा तालिम सञ्चालन गरिएका कारण उपलव्धी मुलक भएको र  तालिममा सिकेका ज्ञान लाई समुदायमा गएर सहजकर्ताको रुपमा कामगर्न सहभागी हुने सोमकुमारी सुनुवारले विश्वास लिइन ।WhatsApp Image 2024-03-14 at 18.46.09

 समापन कार्यक्रम उमेश शिवाकोटीको अध्क्षता तथा  महिला संजाल इटहरीकी अध्यक्ष योसा गुरागाँइको प्रमुख अतिथ्यिमा भएको समापन कार्यक्रममा सामाजिक अभियान्ता विजया प्याकुरेल, ह्युमन नेपालका सल्लाहाकार अमेश रेग्मी सुजन भट्टराई ,लक्ष्मी भट्टराई लगायतको सहभागिता रहेको थियो ।