इटहरी। अभिभावकहरुलाई लक्षित गरी सुनसरीको झुम्कामा रहेको नव किरण इंगलिस वोडिङ स्कुलले पठनपाठनका विषय केन्द्रित अभिमुखिकरण कार्यक्रम गरेको छ ।

   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज दाहालको अध्यक्षता तथा रामधुनी नगरपालिका उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यमा रामधुनी ५मा रहेको नव किरण इंगलिस वोडिङ स्कुलले अभिभाकहरु लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।vlcsnap-2024-03-14-15h56m47s434

   अभिभावकहरुलाई लक्षित गरि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुलाई कसरी सजिलो सिक्न तथा ज्ञान हासिल गराउन सकिन्छ । अभिभावकहरुले आफना छोरा छोरीको लागि कस्तो भुमिका खेल्नु पर्छ लगायतका विषयमा प्रितम पौडेलले सहजिकरण गरेका थिए ।vlcsnap-2024-03-14-15h57m15s632 अभिभावकहरुलाई आफना छोराछोरीलाई कसरी पढाईमा केन्द्ति गर्ने देखि लिएर कसरी शिक्षा र सिप आर्जन गर्न गरिरहेका छन भन्ने विषयमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल होमराज पौडेलले जानकारी गराए । कार्यक्रममा भलिवलका पुर्व राष्ट्रिय खेलाडी सबुरलाल चौधरी लगायतको आतिथ्य रहेको थियो ।vlcsnap-2024-03-14-15h53m21s520