इटहरी । सुनसरीको इटहरी ५ स्थित वेविलोन सेकेण्डरी बोडिङ्ग स्कुलको नवौं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । 

कार्यक्रममा लोक सँस्कृती झल्कने पहिरनमा विद्यार्थीहरुले नृत्य,गायनका साथै विद्यार्थीले तयार पारेको विज्ञान प्रर्दशनीहरु अभिभावकहरुका लागी प्रदर्शनका लागी राखिएको थियो । 

विद्यार्थीहरुलाई पाठ्यक्रमका साथै अतिरिक्त व्यवहारिक ज्ञान र सिप सिकाउदै आएको प्रिन्सिपल निर्मला पौडेलले कार्यक्रममा जानकारी दिइन ।

कार्यक्रमलाई अझ आकर्षण गर्न राष्ट्रिय लोक गायिका गंगा गौतम र चर्चित कमेडी गायक श्रीकृष्ण लुइँटेल  लोक गायक राजन क्षेत्री,तुलसी घिमिरे सागितिक प्रसतुती गरेर   अभिभावकहरु लाई मनोरञ्जन गराएका थिए । WhatsApp Image 2024-03-12 at 18.15.49

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकाश तथा समन्वय समिति सुनसरीका अध्यक्ष खगेन्द्र सुवेदीले निजी विद्यालयको तुलनामा बेविलोनले स्थापनाको छोटो समयमै बेग्लै पहिचान बनाउन सफल भएको बताए ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष पुष्प अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरी प्यब्सनका वरिष्ठ उपाध्यक्ष गणेश कोइराला,पुर्व अध्यक्ष नायायण कुमार सञ्जेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 

विद्यालयमा नर्सरी देखि कक्षा दश सम्म आठ सय बढी विद्यार्थीहरु अध्यनरत रहेका छन् ।