रामधुनी । सुनसरीको रामधुनी ६ मा रहेको राइजिङ्ग स्टार इग्लिस स्कुलको  २८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । 

कार्यक्रममा लोक सँस्कृती झल्कने पहिरनमा विद्यार्थीहरुले नृत्य,गायनका साथै विद्यार्थीहरु आफैले तयार पारेको खानाका परिकार प्रर्दशनका साथै विक्री वितरण तथा  विज्ञान प्रर्दशनीहरु अभिभावकहरुका लागी प्रदर्शनका लागी राखिएको थियो । 

विद्यार्थीहरुलाई पाठ्यक्रमका साथै अतिरिक्त व्यवहारिक ज्ञान र सिप सिकाउदै आएको विद्यालयका प्रधानध्यपक शिवकुमार राईले जानकारी दिए ।Ramdhuni  (1)

प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकालको प्रमुख अतिथितामा भएको कार्यक्रममा सातौ एसियाली करातेमा विजेता बन्न सफल खेलाडीहरु अमिर राई,मिडे शेर्पा ,रोजल थामी र प्रशिक्षक भद्र राईलाई सम्मान गरिएको छ । 

त्यसै गरी विद्यालयको विभिन्न गतिविधीमा सहयोग गरेको पुर्व अभिभावक झनेन्द्र बस्नेत, पुर्व विद्यार्थी इन्द्र कार्की र २०७९को एसईईमा ए प्लस ल्यउने सविना श्रेष्ठलाई पनी कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान पत्रले सम्मान गरिएको छ । WhatsApp Image 2024-03-12 at 15.43.50

विद्यालयका प्रधानध्यपक शिवकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सितरियो कराते महासंघका अध्यक्ष भिखन धामी  नेपाल सितरियो कराते महासंघका सचिव प्रभाकर राना मगर, थारु कल्याणकारी सभा सुनसरीकी उपाध्यक्ष जानकी चौधरी, अभिभावक 

लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 

विद्यालयमा नर्सरी देखि कक्षा दश सम्म सात सय ४७ विद्यार्थीहरु अध्यनरत रहेका छन् ।