इटहरी । इटहरीमा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी सञ्चालनमा आएको छ ।  

इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कृति, प्रकृति र संस्कृतिको केन्द्रका रुपमा विकसीत बन्दै आएको रमणीय स्थान इटहरी मेट्रिक्समा मंगलबार देखि आगामी चैत्र ९ गते सम्म प्रदर्शनी सुरु भएको छ  ।

मंगलबार प्रर्दशनीको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टको प्रमुख आथित्यता तथा प्रर्दशनीका संयोजक नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।

पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बालाई अभिनन्दन गरिएको थियोे भने प्राज्ञ जीवननाथ पोख्रेल ,वरिष्ठ कलाकार निवास पोख्रेल,कलाकार रेनुका तिम्सिना ,उषा अर्याल ,श्रि कृष्ण जोशी,दल बहादुर तामाङ , श्रि प्रसाद किरातलाई सम्मान गरिएको छ ।WhatsApp Image 2024-03-12 at 19.04.12

आगामी दिनमा कोशी प्रदेशले सरकार यस्ता प्रर्दशनीलाई सहयोग गर्ने  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले बताए ।

प्रदेश भरिका कलाकारलाई समेटर प्रर्दशनीमा विभिन्न ९ वटा विद्या प्रदर्शनीमा समावेश राखिएको छ ।

इटहरी उपमहानगरपालिकाले कला संस्कृति र प्रर्दशनीलाई सहयोग गर्दै जाने नगर प्रमुख हेमकर्ण पौडेलले बताए  ।vlcsnap-2024-03-12-19h01m33s955

प्रदर्शनीमा समावेश भएका कलाकृतिहरु मध्येबाट प्रतिष्ठानको नियम, आकार र मापदण्डका आधारमा निश्चित कलाकृतिहरुलाई विज्ञहरुको टोलीबाट छनौट गरी प्रतियोगितात्मक रुपमा समेत समावेश गरी सातै प्रदेशहरुमा आयोजित प्रादेशिक ललितकला प्रदर्शनीका प्रतियोगीहरुबाट विजयी प्रतियोगी कलाकृतिहरुलाइ राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिएको प्रर्दशनीका सह संयोजक तथा इटहरी मेट्रिक्सका अध्यक्ष विक्रम श्रिले बताए  ।   

ललितकला अन्तरग पर्ने चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विद्या समेटेर सुनसरीको इटहरीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी हो ।vlcsnap-2024-03-12-19h01m23s107

प्रदर्शनीमा भिडियो आर्ट, प्रतिस्थापन कला, कार्टुन कला, क्यारिकेचर, पोष्टर र डिजिटल कला समेत समावेश गरिएको छ । कार्यक्रममा कोशी प्रदेश सांसद मिना श्रेष्ठ, कोशी प्रदेश सांसद विनोद वान्तावा ,कोशी प्रदेश सांसदयशोदा कायश्य,इटहरी उपमहानगरपालिकाका उप मेयर संगिता कुमारी चौधरी, धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम मेघा लगाएतको सहभागीता रहेको थियोे ।WhatsApp Image 2024-03-12 at 15.43.41