इटहरी ।  इटहरी उपमहानगर पालिका ८ मा रहेको सुष्मा सेकेण्डरी स्कुलले आफ्ने १८ औ वार्षिक  उत्सव विविध कार्यक्रमका गरी मनाएको छ ।

 सुष्मा एकेडेमीका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा स्कुलले आफ्ने १८ औ वार्षिक उत्सवमा विद्यार्थीहरुले कल्चरल नृत्य,गायन,नाटक प्रर्दशनी गरेर मनाएको हो । 

कार्यक्रममा सुष्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपालले विद्यार्थीहरुलाई यो कार्यक्रममा उनीहरुको प्रतिभाहरु अभिभावक माझ प्रस्तुत गर्नका लागी र विद्यालय शिक्षक र अभिभावक विच आदन प्रदान हुने हुदा यो कार्यक्रमको आयोजना गरिएको बताए । WhatsApp Image 2024-03-11 at 18.45.30

यो स्कुलले पठन पाठन र ब्यवस्थानको लागी भरपुर प्रयास गरिरहेको र गुणस्तरिए शिक्षा संगै अतिरिक्त क्रियाकलपमा पनी विद्यार्थीहरु लाई  दक्ष बनाउन दक्ष शिक्षकलाई,शिक्षिकाहरु राखेर पठन पाठन गराउदै आएको सुष्मा एकेडेमीका अध्यक्ष राजेश श्रेष्ठले बताए । WhatsApp Image 2024-03-11 at 18.20.26

सुष्मा सेकेण्डरी स्कुल बाट हाम्रा नानी,बाबुले यस स्कुलबाट शिक्षा संगै खेलकुद,गायन,नृत्य,विज्ञनका क्षेत्रमा पनी राम्रै रिजल्ट पाएको अभिभावकहरुले जानकारी दिए ।  

   कार्यक्रममा ,हिसान केन्द्रीय सदस्य बलराम पन्थ,प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र दाहाल,हिशान सुनसरीका वरिष्ठ उपाध्यक्ष पेसल पोख्रेल,नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारी,समाजसेवी फुलराज सुवेदी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो  ।