धनकुटा  । साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी      गाउँकार्यपालिकाको आठौं स्थापना दिवस भेडेटारमा सम्पन्न भएको छ । 
कोशी प्रदेश आन्तरीक मामीला तथा कानून मन्त्री शमसेर राईको प्रमुख आतिथ्यतामा एवं साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दालिको अध्यक्षतामा सम्पन्न दिवसको अवसर पारेर साँगुरीगढी गाउँपालिकाको पालिका गान र पालिकाको लोगो सार्वजनिक गरिएको हो ।
कोशी प्रदेश आन्तरीक मामीला तथा कानून मन्त्री राइले एक कार्यक्रमका विच पालिका गान र लोगो सार्वजनिक गर्नु भएको हो । IMG-20240310-WA0055
उहाँले दिवसलाई सम्बोधन गर्नुहुदै अहिले चलेको संसदले केहि गर्न नसक्ने बताउदै महिलाको सिट, आरक्षण सिट प्रत्यक्ष निर्वाचन प्रणलिमै सुश्चिित गर्नु पर्ने यति गर्न नसक्नु भनेको पाटी भित्रको दास मात्र बन्नु रहेको । स्थानीय तहले आधिकारिक रुपमा आफ्नो उपस्थिति कोशी प्रदेशमा जनाएको छ । पालिकाको गौरवगान र लोगो सार्वजनिक गरेर पालिकाले नेपालको संघिएतामा आफ्ने उपस्थिति जनाएको बताउनु भयो । IMG-20240310-WA0056
उक्त अवसरमा पालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार ठाकुर, जयराम श्रेष्ठ, सुर्य बहादुर भण्डारी, सुवास श्रेष्ठ, गुणराज भट्टराईलगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसैगरी वरिष्ट गायक कृष्णभक्त राई, पालिका गीत तथा लोगो छनौट समितिका गीतकार रमेशचन्द्र अधिकारी, कवि केजि सुब्बा, कलाकार डिल्लीकृष्ण आले, पालिका लोगो डिजाईनर कलाकार मुकुन्द प्रयास, पालिका गान गीतकार ÷संगीतकार नन्दु राइ, गायिका जुनी राई, तथा गायक गायिकाहरुलाई नगद पुरस्कार सहित दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरिएको छ । 
उक्त कार्यक्रममा शसस्त्र प्रहरी वल नेपाल नम्वर ६ गुल्म हे.क्वा. छिन्तांङका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्माछाने, जिल्ला प्रहरी कार्यलयका प्रमुख, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, सातै पालिकाका प्रमुख तथा उपप्रमुख, विभिन्न दलका प्रमुख तथा पाटी प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।