रामधुनी । विद्यार्थीहरुलाई पाठ्यपुस्तकका साथै अतिरिक्त क्रियाकपालमा सहभागी गराएर व्यवहारिक ज्ञान समेत प्रदान गर्दै आएको रामधुनीमा रहेको आरम्भ विद्या मन्दिरले आफ्नो १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको  छ ।

प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल नेलशनको प्रमुख आतिथ्य तथा विद्यालयका प्रिन्सीपल विमल बरालको अध्यक्षतामा भएको वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । a5

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम ,नाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरुलाई पाठ्यक्रमका साथै अतिरिक्त व्यवहारिक ज्ञान र सिप सिकाउदै आएको प्रिन्सिपल विमल बरालले जानकारी दिए । a8

कार्यक्रममा रामधुनी नगर प्याब्सन अध्यक्ष अच्युत ढकाल, लिलानाथ निरौला, शिशिर भट्टराई तथा अभिभावकहरु लगायतको सहभागिता रहेको थियो ।