इटहरी । सुनसरीको इटहरीमा रहेको सीबी आवासीय सेकेण्डरी स्कुलका विद्यार्थीहरुले  फुडफेस्टीवल तथा कल्चरल प्रोग्राम आयोजना गरेका छन ।

   विद्यार्थीहरुले खानाका विभिन्न परिकार सहित सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका हुन ।

शिक्षाका साथै विद्यार्थीहरुलाई सस्कार र आधारभुत आवश्यकताका विषयहरुमा समेत ज्ञान दिदै आएको विद्यालयमा विद्यार्थीहरु आफैले वनाएका विभिन्न खानाका परिकारका स्टलहरु राखिएका छन । विद्यार्थीले वनाएका खानाका परिकारहरु अभिभावकहरुले रुचिपुर्वक अवलोकन गर्नुका साथै किनेर खाएका थिए ।WhatsApp Image 2024-03-10 at 14.46.46 (1)

विद्यालय व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष दयाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विद्यार्थीलाई कितावी शिक्षाका साथै सस्कारयुक्त सिकाईमा जोड दिदै पठनपाठन गराउदै आएको र विद्यार्थीहरुले सिकेका कुराहरुलाई प्रदर्शनी गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल खेमराज बास्तोलाले जानकारी दिए ।WhatsApp Image 2024-03-10 at 14.46.45 (1)

उनले विद्यालयले पहिलो पटक यस प्रकारको कार्यक्रमको आयोजना गरिएको समेत जनाए । पाठ्यपुस्तकसंगै अतिरिक्त विषयमा विद्यार्थीलाई सिकाउदा विद्यार्थीको क्षमता वृद्धि हुने विद्यालयले अपेक्षा गरेको छ ।WhatsApp Image 2024-03-10 at 14.46.32