इटहरी । कम शुल्क लिएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सुनसरीको इटहरीमा रहेको समता स्कुलले १२औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

  इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा समता स्कुलले वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

   वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख पौडेलले सामुदायिक विद्यालय वनाउने हो भने अभिभावक विद्यालय व्यवस्थापन समिति लगायत सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिए । उनले आफुहरु निर्वाचित भएर आएपछि इटहरीमा स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको समेत वताए ।WhatsApp Image 2024-03-10 at 14.46.54

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ठ अभिभावक डिकमाया राई , वर्षको उत्कृष्ठ विद्यार्थी कक्षा ९की सिवानी लम्साल , अनुशासित विद्यार्थी कक्षा ३का सगेत सुब्बा इमान्दार विद्यार्थीका रुपमा आशा राई लगायतलाई पुरस्कृत गरियो । विद्यालयमा दश वर्ष देखि निरन्तर शिक्षा प्रदान गर्दै आएका शिक्षक ,शिक्षिकाहरु लाई पनी सम्मान गरिएको छ । WhatsApp Image 2024-03-10 at 14.46.54 (1)

 वि.सं.२०६७सालमा उत्तमकुमार सञ्जेलले न्युनतम शुल्क तिरेर सहज रुपमा विद्यार्थीहरुले अध्ययन गर्न पाउने भन्ने उद्धेश्यले स्थापना गरेको समता स्कुलको संरक्षकका रुपमा बरिष्ठ हास्य कलाकारद्धय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन WhatsApp Image 2024-03-10 at 14.46.50 (1)