इटहरी । चिजन्स प्यालेस स्कुल इटहरीले फरक शैलीमा अभिभावक दिवस मनाएको छ । अभिभावक दिवस मनाउन केही विद्यालय हरुले मञ्चमा अतिथि भरिभराउ गरेर एकोहोरो भाषणबाजी गर्दै आएपनि चिजन्स प्यालेस स्कुलले फरक शैली अपनाएको हो ।

अभिभावक दिवसका दिन विद्यार्थीले सिकेका आआफ्ना कला, ज्ञान प्रस्तुत गरेका छन । अभिभावक दिवसमा सहभागी विद्यार्थीहरुले हनुमान चालिसा देखी जीजसको जन्मको एक्ट , सीता हरण एक्ट ,रामयण नुत्य लगायत प्रतुत गरेका छन । WhatsApp Image 2024-03-09 at 21.10.29

विज्ञान, प्रविधि, गणित, समाजिक सहितका विविध विषयका कला समेत प्रस्तुत गरेका छन । गेट प्रवेश गर्दादेखि मञ्चमा पुग्दासम्म अतिथिलाई स्वागतदेखि विद्यार्थीले आफूले सिकेका विषयको अवलोकन गराएका छन ।WhatsApp Image 2024-03-09 at 21.10.43 (1)

कार्यक्रममा सहभागि हुन आएका अभिभावकले समेत आफ्नो न्त्य प्रस्तुत गरेका छन ।  प्ले गु्रप–नर्सरीदेखि कक्षा–५ सम्म अध्ययन हुने विद्यालयमा बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । WhatsApp Image 2024-03-09 at 21.10.44

 इटहरी उपमहानगरपालीकाको उप प्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस मनाइएको हो ।अभिभावक दिवसका अवसरमा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ  ।