धनकुटा  । पारिवारिक निजि वन संघ, नेपाल जिल्ला शाखा धनकुटाकाे तेस्राे जिल्ला अधिवेसन शनिवार धनकुटा स्थित पाख्रिबासमा सम्पन्न भएकाे छ ।

पारिवारिक निजि वन संघ नेपाल काेशी प्रदेश अध्यक्ष गाेपाल भट्टराईकाे प्रमुख आतिथ्यता एवं पारिवारिक निजि वन संघ, नेपाल धनकुटाका जिल्ला अध्यक्ष यज्ञ बहादुर राईकाे अध्यक्षतामा अधिवेशन सम्पन्न भएकाे थियाे । 

फेकाेफन धनकुटाका अध्यक्ष विशेष अतिथि निल बहादुर थापाले अधिवेसनमा वाेल्नु हुदै 

वन क्षेत्रलाई व्यवस्थित रूपले अगाडि बढाउन डालेघाँस, दाउरा, रूख अन्य आयमुलक सँग जाेड्नु आवश्यक रहेकाे बताउनु भयाे ।

संघमा आवद्द हुन कम्तिमा जग्गामा  ५०/६० वोटा विरूवा  हुन आवश्यक रहेकाेकार्यक्रम सञ्चालनका क्रममा दिपेन्द्र गाैतमले जानकारी गराउनु भयाे ।IMG_20240309_205040

आफुले लगाएकाे विरूवा अाफुखुसि कुनै झन्झट विना विक्रि बितरण गर्न सकियाेस भन्ने उद्देश्यले केन्द्र मार्फत ७५ जिल्लामा संघ दर्ता गरी अगाडि बढिरहेकाे प्रदेश अध्यक्ष भट्टराईले जानकारी दिनुभयाे ।

धान बेचे जस्तै गरेर साल, सखुवा, खयर पनि विक्रि वितरण गर्न पाउनु पर्ने माग गर्दै पारिवारिक निजि वन संघ , नेपाल धनकुटाले तेस्राे अधिवेसन सम्पन्न गरेकाेहाे ।

प्रदेश अध्यक्ष गाेपाल भट्टराईकाे संयाेजकत्वमा फेकाेफन धनकुटाका अध्यक्ष नील बहादुर थापा,  ताेर्ण बहादुर खपाङ्गी तीन सदस्यिय निर्वाचन टाेलिले दिपेन्द्र गाैतमकाे अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्य समिति चयन गरेकाे छ । 

उक्त संघमा ७९ जना साधारण सदस्य रहेका छन् ।