इटहरी । ललितकला अन्तरग पर्ने चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विद्या समेटेर सुनसरीको इटहरीमा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।

 कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनीका विषयमा पत्रकार गरी यही फागुन २९ गतेबाट प्रदर्शनी सञ्चालन गरिने जानकारी गराइएको हो । इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नम्बर  ४ मा रहेको कृति, प्रकृति र संस्कृतिको केन्द्रका रुपमा विकसीत  बन्दै आएको रमणीय स्थान  इटहरी मेट्रिक्समा यही फागुन  २९ गते देखि आगामी चैत्र ३ गते सम्म प्रदर्शनी सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 विभिन्न ९वटा विद्या प्रदर्शनीमा समावेश गरिने साथै प्रदर्शनीको तयारी पुरा भएको प्रर्दशनीका सह संयोजक तथा इटहरी मेट्रिक्सका अध्यक्ष विक्रम श्री ले जानकारी दिए ।   

 प्रदर्शनीमा ललितकलाका विधाहरु अन्तर्गत चित्रकला, मूर्तिकला, लोककला, हस्तकलाका अलावा वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ  छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, कार्टुन कला, क्यारिकेचर, पोष्टर र डिजिटल कला समेत समावेश गरिने साथै  प्रतिष्ठानले टाटुलाई पनि कलाको मान्यता दिएको समेत सो अवसरमा जनाइयो । 431609151_1643666233045542_8333339608253247661_n

प्रदर्शनीमा समावेश भएका कलाकृतिहरु मध्येबाट प्रतिष्ठानको नियम, आकार र मापदण्डका आधारमा निश्चित कलाकृतिहरुलाई विज्ञहरुको टोलीबाट छनौट गरी प्रतियोगितात्मक रुपमा समेत समावेश गरिने समेत जनाइयो । सातै प्रदेशहरुमा आयोजित प्रादेशिक ललितकला प्रदर्शनीका प्रतियोगीहरुबाट  विजयी प्रतियोगी कलाकृतिहरुलाइ राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिने छन् ।  प्रर्दशनीमा सहभागिताका लागि हाल सम्म १ सय ४७ जनाले फारम भरिसकेका छन् । 

जसमा ५८ जना चित्रकारका १सय २१ चित्रकला, ३६ जना मूर्तिकारका ४१ मूर्तिकला, २५ वटा लोककला, १५ वटा वास्तुकला, २ वटा फोग्राफी छविचित्र, २ वटा भिडियो आर्ट, २ वटा पर्फमिङ आर्ट र ५ वटा प्रतिस्थापन कला रहेका छन् । 

पत्रकार सम्मेलनमा प्रर्दशनीका विषयमा संयोजक गोपाल देवान ललितकला प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाले कार्यक्रका विषयमा जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा  ज्ञानेन्द्र दाहाल,हिरा आचार्य, उर्मिला कोईराला सपकोटा  लगायतको सहभागिता रहेको थियो ।