धनकुटा  । विभिन्न कार्यक्रमका साथ धनकुटामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न गरेको छ ।  

प्रभातफेरी, नवनिर्वाचित खानेपानी मन्त्रि राजेन्द्र कुमार राईलाई स्वागत,सम्मान, धनकुटा नगर क्षेत्रका छ जना महिलालाई सम्मान, वडा स्तरीय गीत प्रतियोगिता लगायतका कार्यक्रमका साथ धनकुटामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको हो । 

धनकुटा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संघ सस्थाहरुको सहभागितामा मदन चोकबाट सुरु भएको प्रभातफेरीले  हुलाकटोल, बिचबजार, भीमनारायण चोक लगायत क्षेत्र हुँदै सामुदायिक भवनमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । 

ब्यानर र प्लेकार्डसहित नारा लगाउँदै सयौँ महिला प्रभातफेरिमा सहभागि भएको धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवि खनालले जानकारी दिइन  ।vlcsnap-2024-03-09-12h00m01s987

खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यता एवं उपप्रमुख भिमादेवी खनालको अध्यक्षतामा धनकुटा नगरपालिकाको आयोजनामा सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा महिलाहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनुहुनेमा शहीद भीमनारायण श्रेष्ठकी पत्नी लक्ष्मीदेवी श्रेष्ठ, पहिलो निर्माण व्यवसायी महिला फुलमाया वि.क.,टेम्पो चालक तृष्णा राई, नाङ्लो बनाउने काम गर्दै आएकी उद्यमी स्मृति राइ, डकर्मी काम गर्दै आएकी महिला श्रमिक डम्बरकुमारी खड्का, वृद्ध सासू आमालाई राम्रोसँग पालन पोषण गर्दै आएकी जसकुमारी राई र श्रमिक महिला चन्द्र मादेनलाई सम्मान गरिएको छ ।IMG_8380

प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, निरन राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भिमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको हो ।

वडा स्तरीय गीत प्रतियोगितामा पहिलो हुने वडा नम्वर ६, दोस्रो हुने वडा नम्वर ८, तेस्रो हुने वडा नम्व ५ र सान्तवना हुने वडा नम्वर ७ लाई नगद सहित प्रमाण पत्रका साथ उपप्रमुख भिमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले पुरस्कार वितरण गरेका थिए । IMG_8395

गायन प्रतियोगिताको निर्णायकमा लोक गायिका गंगा गौतम र जुनी खालिङ,दुर्गा विश्वकर्मा  निर्णायक रहेका थिए भने गायिका गौतमको धनकुटा,धरान लगायतका बोलका गितहरु गाएर मनोरञ्जन गराएका थिए ।