धनकुटा । महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसर पारेर धनकुटाको भीमदल गणको आयोजना तथा लेडी जेसिज धनकुटाको सह आयोजनामा धनकुटाको विश्रान्ती मन्दिरको आश्रममा रहदै आएका जेष्ठ नागरिकहरुलाई खाद्यान्न र मण्डी वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाली सेनाको भीमदल गणले महाशिव रात्री तथा नेपाली सेनाको २६१औ स्थापना दिवसको अवसरमा आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई लक्षित गरी खाद्यान्न तथा मण्डी वितरण गरेकाे हो ।
आश्रममा रहेका जेष्ठनागरिकहरुलाई खाद्यान्न तथा ब्लाङकेट कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाको श्री नम्बर २ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामकाजी थापा, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा
, जिल्ला प्रहरी कार्यालय धनकुटा प्रमुख प्रहरी उपरीक्षक राम सिंह चौधरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्माछाने, धनकुटा लेडी जेसिजका अध्यक्ष मुना पोखरेल, विश्रान्ती मन्दिर बृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष जनार्दन घिमिरे लगायतले वितरण गरेका थिए ।
साेहि दिन महिला दिवस पनि भएकाले अाश्रममा रहेकी १०० बर्षीय बृद्दालाई दाेसल्ला अाेढाएर नेपालि सेनाले सम्मान पनि गरेकाे छ । 
विश्रान्ती मन्दिरमा राखिएकाे एकमुखे रूद्राक्ष दर्शन गरी मन्दिर परिक्रमा , विहान ८ बजि पत्रकार भर्सेस प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतका खेलाडीहरूकाे साथ फुडवल खेल खेलाएर सेना दिवस सम्पन्न गरेकाे छ।




















