इटहरी । विद्यार्थीहरुलाई पाठ्यपुस्तकका साथै अतिरिक्त क्रियाकपालमा सहभागी गराएर व्यवहारिक ज्ञान समेत प्रदान गर्दै आएको इटहरीमा रहेको प्रफेक्ट इंगलिस स्कुलले बार्षिकोत्सव तथा अभिभावक दिवस एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

   नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराईको प्रमुख आतिथ्य तथा विद्यालयकी अध्यक्ष सुषमा गिरीको अध्यक्षतामा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।WhatsApp Image 2024-03-08 at 14.04.59 (1)

   वार्षिकोत्सवका तथा अभिभावक दिवसका अवसरमा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । कार्यक्रमका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम ,नाटक प्रस्तुत गरेका थिए ।WhatsApp Image 2024-03-08 at 14.04.52

विद्यार्थीहरुलाई पाठ्यक्रमका साथै अतिरिक्त व्यवहारिक ज्ञान र सिप सिकाउदै आएको प्रिन्सिपल रामकुमार गिरीले जानकारी दिए । कार्यक्रममा इटहरी बस पार्क व्यवस्थापन समितिका अध्यक्ष काजी राई , समाजसेवी गौरव कार्की लगायतको आथित्य रहेको थियो ।WhatsApp Image 2024-03-08 at 14.04.59