इटहरी । दुई दशक देखि नागरिकहरुलाई सुशुचित गर्ने माध्यम पत्रकारिताको क्षेत्रमा आवद्ध भएर सामाजिक विकासको क्षेत्रमा योगदान पुर्याएको भन्दै सप्तकोशी टेलिभिजनका सञ्चालक दिपक कार्कीलाई कस्तुरी माध्यमिक स्कुलले सम्मान गरेको छ ।

   कस्तुरी माध्यमिक स्कुलको १७औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर सप्तकोशी टेलिभिजनका सञ्चालक कार्की सहित पाँच जनालाई सम्मान गरेको हो ।

   सम्मानित हुनेहरुमा कार्की सहित पत्रकार सुमन पुरी रहेका छन भने साहित्यकार टिका आत्रेय , गायक तथा संगीतकार सत्यनारायण चौधरी , महिला राष्ट्रिय फुटवल टिमका सहायक प्रशिक्षक श्याम मानन्धर रहेका छन ।WhatsApp Image 2024-03-07 at 16.26.32

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी , विद्यालयका अध्यक्ष प्रेमप्रसाद न्यौपाने , विद्यालयका प्राचार्य भुपेन्द्र न्यौपानेले सम्मान गरेका थिए ।WhatsApp Image 2024-03-07 at 16.26.18

सोही कार्यक्रममा विद्यार्थीहरु शैक्षिक , विज्ञान प्रविधिका सामाग्रीहरु वनाएर प्रर्दशनीमा राखेका थिए । त्यसै गरि विद्यार्थीहरुले विभिन्न जातजातिका पोशाक लगाएर जातिय नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक तथा अभिभावकहरुले समेत नृत्य प्रस्तुत गरेर कार्यक्रमको आकर्षण वढाएका थिए ।