इटहरी । ११४ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर इतहरी लेडि जेसिजले  शान्ति सृजना माध्यमिक विद्यालयमा अध्ययनरत  मुस्लिम समुदायका किसोरीहरुका लागि कानुनी सचेतना तथा शसक्तिकरण कार्यक्रम आयोजना गरेको छ ।

     इटहरी लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा  तथा  कोशी प्रदेश प्रदेश सभा सदस्य मिना श्रेष्ठ को प्रमुख आतिथ्यमा कानुनी सचेतना तथा शसक्तिकरण कार्यक्रम आयोजना गरिएको हो ।

कानुनी सचेतना कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १४मा रहेको शान्ति सृजना माविका अध्ययनरत ७५जना मुस्लिम समुदायका किशोरीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा अधिवक्ता रमेशकुमार पोखरेल , जनता वहुमुख कलेजकी अध्यापक भेषजा काफ्ले ,इटहरी लेडि जेसिजकी पुर्व अध्यक्ष उर्मिला कटुवाल लगायतले सहजिकरण गरेका थिए । 682253ce-7f49-427c-8e12-62c4c0764858

कार्यक्रममा इटहरी वडा नम्वर १४ का वडा सदस्य उस्माम मियाँ , महिला वडा सदस्य जमिला खातुन , विद्यालयका प्रधानाध्यापक कमल तिम्सिना , सहायक प्रधानाध्यापक  सुस्मिता नेपाल लगायतको उपस्थिती रहेको थियो ।