इटहरी । शैक्षिक गुणस्तर सुधारका लागि इटहरी उपमहानगरपालिकाले २७ वुदे संकल्प पत्र तयार पारेर सरोकारवालाहरुसंग सुझाव संकलन गर्ने कार्य  सुरु गरेको छ ।

    संकल्प प्रस्ताव तयार पारेर उपमहानगरपालिकाले पहिलो चरण  शैक्षिक सुधारका विषयमा सरोकारवालाहरुलाई सहभागी गराएर पहिलो चरणमा सुझाव संकलनका लागि छलफल गराएको हो ।  

  उपमहानगरपालिकाले तयार पारेको संकल्प पत्रका सन्र्दभमा जनप्रतिनिधि , शिक्षक ,अभिभावक लगायतका सरोकारवालाहरुसंग एक औपचारिक कार्यक्रमको आयोजना गरेर छलफल सहित सुझाव संकलन कार्यको थालनी गरेको छ ।WhatsApp Image 2024-03-06 at 17.54.15

उपमहानगरपालिकाले विद्यार्थी शिक्षक अनुपात, भौगोलिक सेवा क्षेत्र न्यून भएका दुई वा सोभन्दा बढी विद्यालयलाई विद्यालय नक्साङ्कनका आधारमा शैक्षिक सत्र २०८१ बाट ठूला विद्यालय वनाउने ,  आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्म  स्थानीय पाठ्यपुस्तक कक्षा ९मा इटहरीको सेरोफेरो तयार गरी सबै विद्यालयमा कार्यान्वयनमा ल्याउने ,  शैक्षिक सत्र २०८१ बाट विद्यालयहरुमा आवश्यक न्यूनतम भौतिक पूर्वाधार, सूचना प्रविधिको प्रबन्ध, स्मार्ट बोर्ड, सीसी क्यामारा, पुस्तकालय, विज्ञान प्रयोगशाला, स्वच्छ पिउने पानी आदिको प्रबन्ध मिलाउने, शैक्षिक सत्र २०८१ बाट वेतनधारी कर्मचारी, शिक्षक, निर्वाचित जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुले आफ्नो छोराछोरीलाई कम्तिमा कक्षा १० सम्म सामुदायिक विद्यालयमा पढाउन आवश्यक प्रबन्ध मिलाइनेछ लगायतका विषयहरु समावेश गरिएको छ ।WhatsApp Image 2024-03-06 at 17.54.15 (1)

उपमहानगरपालिले तयार पारेको संकल्प पत्रका विषयमा पहिलो पटक नगरप्रमुख हेमकर्ण पौडेलको अध्यक्षता सुझाव संकलन कार्यक्रम आयोजना गरियो । सो क्रममा शिक्षक अभिभावक लगायतले विभिन्न सुझावहरु राख्ने काम गरेका छन ।

उपमहानगरपालिकाले सरोकारवालाहरुबाट प्राप्त सुझावका आधारमा शैक्षिक गुणस्तर सुधारका लागि नीति नियम वनाउने सो अवसरमा जानकारी गराइयो ।  कार्यक्रममा उपप्रमुख संगिता चौधरी , प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता , कार्यपालिका सदस्य ,वडाध्यक्षहरु जनप्रतिनिधि , शिक्षासेवी ,अभिभावक लगायतको सहभागिता रहेको थियो ।