सुन्दरहरैचा । ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मोरङको सुन्दरहरैचा श्रमिक महिलाहरुलाई सम्मान गरिएको छ ।

  महिला अघिकारका लागि राष्ट्रिय अभियान सुन्दरहरैचाले एक कार्यक्रमको आयोजना गरि पाँच जना श्रमिक महिलाहरुलाई सम्मान गरेको हो ।

 सम्मानित हुनेहरुमा बलटोनिया ऋषिदेव , पल्टी ऋषिदेव , जानकी मुसहनी, रामचन्द्री ऋषिदेव रहेका छन ।

सम्मानित श्रमिक महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष कैलाश बस्नेत , आयोजक संस्थाकी अध्यक्ष सावित्रा शिवाकोटी लगायतले सम्मान गरे । WhatsApp Image 2024-03-06 at 15.35.46 (1)

ताओ एशोसिएसन नेपाल र सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४को सहयोगमा आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले श्रमिक महिलाहरुलाई समेत पुरुष समान ज्याला उपलव्ध गराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा ताओ एशोसिएसन नेपालका चन्द्र भण्डारी सहित श्रमिक महिलाहरुको उपस्थिती रहेको थियो ।WhatsApp Image 2024-03-06 at 15.35.44 (1)